site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएकै मेडिकल कलेजमा इन्टर्नसिप गर्नुपर्ने*

काठमाडौं । बंगलादेशबाट फर्किएका चिकित्साशिक्षा अध्ययनरत नेपाली विद्यार्थीले तोकिएकै मेडिकल कलेज*मा इन्टर्नसिप गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, बंगलादेशबाट फर्किएका चिकित्साशिक्षा अध्ययनरत विद्यार्थीले सोही कलेजले तोकेका मेडिकल कलेजमा आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले उग्ररूप लिएको समयमा चिकित्साशिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।

विद्यार्थी नेपालमै भएपछि शिक्षा मन्त्रालयले इन्टर्नसिपका विषयमा परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशस्थित सम्बन्धित मेडिकल कलेजहरूको धारणा माग गरेको थियो ।

मन्त्रालयलाई ढाकास्थित नेपाली दूतावासले बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने व्यहोरा उल्लेख गरी पत्र पठाएको थियो ।

*सच्याइएको ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro