site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतार पठाउन थालियो नेपालमा उत्पादित हरियो तरकारी

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न थालिएको हो ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूतलाई हरियो तरकारी हस्तान्तरण गरिएको छ ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले किसानहरूले उत्पादन गरेको हरिया तरकारी निर्यातसँगै मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने बताए ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro