site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरेर १० लाख रुपैयाँ नगद जित्न सक्ने छन् ।

साथै, 'चुज योर स्किम'अन्तर्गत ग्राहकहरूले १० हजारसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने छन् । यसै योजनाअन्तर्गत १२ हजार ५०० बराबरको पाँचवर्षे एएमसी प्याकेज अथवा ‘बाई वान, गेट वान सर्भिसिङ’ सात वर्षसम्म सित्तैमा पाउन सक्ने योजना पनि रहेको छ ।

साथै, होन्डाका बिग बाइकहरूमा एक लाख रुपैयाँसम्म छुट पाउन पनि सकिने बताइएको छ ।

अफर योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीको छ । योजना ईजी फाइनान्समा पनि लागु हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro