site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रास्वपाको कार्यक्रममा प्रहरी गस्ती, बाहिर चर्को नाराबाजी 

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यक्रम पोखरामा प्रहरी घेराभित्र सुरु गरिएको छ । रास्वपा सभापति रवि लामिछाने सहभागी गण्डकी प्रदेशस्तरीय बैठकमा सुरक्षाकर्मी बाक्लो रूपमा तैनाथ गरिएको छ ।

बैठकमा पत्रकारलाई पनि प्रवेश दिइएको छैन । सहकारीका पीडित बचतकर्ताले कार्यक्रमस्थलबाहिर प्रदर्शन र चर्को नाराबाजी गरेका छन् । लामिछाने आउने थाहा पाएसँगै पीडित बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । नाराबाजीबीच नै उनी कार्यक्रमस्थलमा प्रवेश गरेका छन् ।

efggm-1725954909.jpg
लामिछानेले हालै मात्र गोरखा मिडियामा सहकारीको रकम गएको स्वीकार गरेका छन् । उनी गोरखा मिडियाको प्रबन्धक हुँदा नै पोखराको सूर्यदर्शन सहकारीबाट १९ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ११ करोड रुपैयाँ हिनामिना भएको र त्यो रकम गोरखा मिडियामा पनि गएको थियो ।

पोखरा महानगरपालिका–१७, बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro