site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अपर अरूणको काम चाँडै सुरु हुन्छ, प्रत्येक घरले ५ लाखको सेयर पाउनुपर्छ : ऊर्जामन्त्री खड्का
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरूणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन संखुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरेर अपर अरूणको काम चाँडो सुरु गरिने जानकारी दिए ।

“गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु,” उनले भने ।

उनले आफूले संखुवासभाका प्रत्येक घरले पाँच लाख बराबरको सेयरको सुनिश्चितता हुनुपर्ने बताइरहेको पनि बताए । उनले गरिब तथा विपन्न जनतालाई सेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्ने गरी लागिने पनि बताए ।

ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागिने बताए । "सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छ । उक्त लक्ष्य पूरा सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिने छ,” उनले भने ।

उनले आर्थिकरूपमा विपन्न परिवारलाई मूलधारमा ल्याउन सकेमात्र हामीले खोजेको समृद्धि हासिल गर्न सकिने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro