site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु

हनोइ । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ ।

काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ ।

फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ ।

आँधीपछि परेको बर्षाले आएको बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।

यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप उर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिंगापुर’का निर्देशक बेन्जामिन होर्टनले बताए । रासस/एपी

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro