site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
५५.८६ अंकले घट्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५५.८६ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा बन्द भएको हो ।

यस दिन २२ कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नौ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ८.९८ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा होटेल तथा पर्यटन समूह छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro