site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एलन मस्क विश्वकै पहिलो र भारतका गौतम अडानी दोस्रो ट्रिलिनियर बन्ने प्रक्षेपण
एलन मस्क । फाइल तस्बिर ।

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्क सन् २०२७ सम्म पहिलो ट्रिलिनियर बन्न सक्ने प्रक्षेपण गरिएको छ । सम्पत्ति ट्रयाक गर्ने इन्फर्मामा कनेक्ट एकेडेमीको रिपोर्टअनुसार, मस्कको सम्पत्ति वार्षिक करिब ११० प्रतिशतले बढिरहेको छ ।

मस्क विद्युतीय सवारी निर्माता टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल प्लेटफर्म एक्स, न्युरालिंकलगायत कम्पनीका मालिक हुन् ।

ब्लुमबर्गका बिलियनेयर्स इन्डेक्सानुसार, मस्कको सम्पत्ति हाल करिब २५१ अर्ब अमेरिकी डलर छ । सम्पत्ति बढ्दै जाँदा करिब चार वर्षमा उनी विश्वकै पहिलो ट्रिलिनियर बन्न सक्ने एकेडेमीले प्रक्षेपण गरेको हो । एकेडेमीको विश्लेषणानुसार, भारतका गौतम अडानी विश्वकै दोस्रो ट्रिलिनियर बन्न सक्नेछन् । उनको सम्पत्ति वार्षिक १२३ प्रतिशतका हिसाबले बढेमा अडानी सन् २०२८ मा दोस्रो ट्रिलिनियर बन्ने अनुमान गरिएको हो ।

टेक फर्म एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र इन्डोनेसियाली ऊर्जा तथा खानीउद्यमी प्राजोगो पाङ्गेस्टु पनि २०२८ मा ट्रिलिनियर बन्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro