site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्किँदा एकजनाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको वाग्मती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान  रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । 

ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro