site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्बन्धविच्छेदमा किर्ते कागज पेस गरेका प्रदेश सांसद केसी जेल चलान

काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्व–१ ‘क’बाट निर्वाचित सांसद केसी पुरानो मुद्दामा आफैँ अदालतमा आत्मसमर्पण गरेर जेल चलान भएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद केसीले श्रीमतीसँगको सम्बन्धविच्छेद मामिलामा अदालतको पत्र भन्दै किर्ते कागज बनाएका थिए । त्यो कागज श्रीमतीलाई पठाएका थिए ।

नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा उनी दोषी ठहर भएका हुन् । ०४९ असार ९ गते एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको थियो ।

त्यसपछि फरार रहँदै आएका केसी आइतबार (आज) आफैँ रुकुम पूर्व जिल्ला अदालतमा हाजिर हुन पुगेका थिए । उनको हाजिरीलाई आत्मसमर्पण स्वीकार गर्दै अदालतले कैद भुक्तानका निम्ति जेल पठाएको हो ।

“उहाँले सम्बन्धविच्छेदमा किर्ते गरेको भन्ने फैसलामा देखिन्छ,” जिल्ला अदालत रुकुमकोटका स्रेस्तेदार ईश्वरीप्रसाद सुवेदीले बाह्रखरीसँग भने, “उहाँ आज आफैँ अदालतमा उपस्थित हुनुभएको थियो । कैद भुक्तानी बाँकी देखिएको छ, त्यसैले सजाय भुक्तानीका लागि जेल पठाउने आदेश भएको हो ।”

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro