site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन्दरीजलमा महिलाको हत्या, दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र काठमाडौंको वसुन्धरामा बस्दै आएका सर्लाहीकै बसबरीया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन् ।

वसुन्धरामा बस्दै आएकी सिरहाकी राम दुलारीको हत्यामा संलग्न रहेको आरोपमा शनिबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा ढुंगाको चेपभित्र गएको बिहीबार ती महिलाको शव फेला परेको थियो । आरोपितलाई वसुन्धराबाटै पक्राउ गरिएको हो । उनीहरूले ढुंगा प्रहार गरी ती महिलाको गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro