site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा एक वर्षमा ७,२२३ जनाले गरे आत्महत्या, प्रत्येक दिन २० जनाले गर्छन्

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेको बताए ।

उनका अनुसार, नेपालमा सरदर एक दिनमा २० जनाले आत्महत्याले गर्छन् । दिगो विकास लक्ष्यमा आत्महत्यालाई लक्ष्य ४.७ मा झार्ने भनिए पनि आत्महत्याको दर झनै बढ्दै गएको देखिएको छ ।

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको तथ्यांकले देखाउँछ र

डा. घिमिरेका अनुसार, आत्महत्याका धेरै कारणहरूमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल,साइकोसोसियल,साइकोलोजिकल कारण प्रमुख हुन् । त्यस्तै, कतिपयले सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गर्छन् ।

"मृत्युका कारणहरूमध्ये आत्महत्या १५औँ कारण हो । वार्षिक सात लाख मानिसहरू आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन् । हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन् । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटना लो एन्ड मिडिल इन्कम (न्यून र मध्यम आय भएका) देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत छ," उनले भने ।

नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा प्रतिलाख जनसंख्यामा २५ जनाले आत्महत्या गरेको देखिएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro