site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २५.४६ अंकले घट्यो, माइक्रोफाइनान्स समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक आइतबार २५.४६ अंकले घटेर बन्द भएको छ ।

माइक्रोफाइनान्स समूहको परिसूचक भने १.२१ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा पर्ने कम्पनीमध्ये ४० वटाको सेयर मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य घटेको छ ।

माइक्रोफाइनान्स समूहका मानुसी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

यस दिन कारोबार आएका कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

१० अर्ब १२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार नौ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro