site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोली हानी हत्या गर्ने चौरसिया १७ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्सामा १७ वर्षअघि गोली हानेर हत्या गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको साविक बहुअर्वाभाठाका ४९ वर्षीय लक्ष्मणप्रसाद चौरसियालाई पक्राउ गरेको हो ।

चौरसियासहितका चारजनाको समूहले २०६४ वैशाख २५ मा पर्सा ( साविक बहुअर्वा)कै ढोडा मुखिया विनलाई उनकै घरमा गोली हानी हत्या गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा जग्गा विवादका कारण चौरसिया समूहले गोली हानी हत्या गरेको खुलाएको थियो ।

सोही आरोपमा जिल्ला हुँदै सर्वोच्च अदालतले समेत चौरसियालाई साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । घटनालगत्तै फरार रहेका चौरसिया भारत भागेका थिए ।

बुधबार भने नेपाल फर्किंदै गर्दा पर्साबाट पक्राउ गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका चौरसियालाई बिहीबार सीआईबीले फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro