site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति लोकपथ पुनः सञ्चालनमा

मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ । मकवानपुरको बकैया गाउँपालिका–११, लाम्राङमा पहिरो खस्दा उक्त सडकमा आवतजावत रोकिएको थियो ।

उक्त स्थानमा खसेको पहिरो पन्छाई यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro