site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको आरूघाट र गोरखा एग्रोमेट वर्षामापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा भएको छ ।

बुधबार राति ११:१० बजेतिर जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले ती क्षेत्रहरू भएर बहने बुढीगण्डकी नदी र यसका सहायक नदीहरूमा तथा दरौदी खोला, अंखु खोला र अन्य ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले सजग रहन भनेको छ । यसैगरी, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro