site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

 

महेन्द्रनगर (धनुषा) । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान पुगेका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ । 

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुन सक्ने आशंका गरिएको वडाध्यक्ष गंगा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि  प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस

    

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro