site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा कम्पनीका अध्यक्षले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सप्रतिको विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा योगदानकर्ताप्रति आभार व्यक्त गरे ।

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यप्रति आभार व्यक्त गरे ।

कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले सफल अभिकर्ता बन्न चाहिने सीपलगायत विषयमा धारणा राखे । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro