site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकको असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न विशेष साधारणसभामार्फत उक्त प्रस्ताव पारित भएको हो ।

विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको बैंकले जनाएको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजी (एडिसनल टायर १ क्यापिटल)का माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले यो निर्णय गरिएको बताइएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउन सेयरधनीलगायत सरोकारवाला पक्षबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भएजस्तै यो उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरिएको बताए ।

आउँदा वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षको महत्त्वपूर्ण योगदान रहनेमा पनि बैंक विश्वस्त रहेको उनले बताए ।

नबिल बैंकले हाल २६८ शाखा कार्यालय, ३१६ एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro