site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले सैन्य दबाब कायम राखे बन्धक ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी
फाइल तस्बिर ।

गाजास्ट्रिप । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू ‘कफिनभित्र’ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई ‘नयाँ निर्देशन’ दिइएको चेतावनी सोमबार दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ । यसैगरी  प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरूको हत्या गरेको दाबी गर्दै आएका छन् ।  

यही स्थिति कायम रहेमा बन्दकहरू कफिनभित्रै  फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् ।   

यस अघि ६ जना बन्धकहरूलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro