site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत्‌को पीपीए, ०८४ वैशाखमा उत्पादन थाल्ने

काठमाडौं । एबीपी इनर्जी प्रालि प्रवर्द्धक रहेको आठ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।  नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर गरिएको हो ।

प्रस्तावित जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, ताँदीमा निर्माण गरिनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ०८० वैशाखमा तयार गरिएका थियो ।

प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर छ । यो जलविद्युत् आयोजनाका निम्ति २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमि प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको लागत प्रतिमेगावाट २० करोड पाँच लाख रुपैयाँ रहेको र आउँदो असोज २९ गतेदेखि निर्माण थालिने कम्पनीले जनाएको छ । ०८४ वैशाखदेखि बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro