site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्ने
सुनकोसी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रोल्पा, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बझाङ, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सामान्य अवस्थामा रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सामान्य अवस्थामा रहने पूर्वानुमान छ ।

आउँदो बिहीबार (पर्सि) कोसी, नारायणी र यसका केही सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

s1-1725334076.jpeg

s2-1725334076.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro