site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीमा स्वास्थ्य कर्मचारीको वृत्तिविकास निश्चित गर्न माग

विराटनगर । कोसी प्रदेशसभामा पेस गरिएको प्रदेश निजामती सेवा ऐन, २०७६ संशोधन विधेयकले स्वास्थ्य क्षेत्रका कर्मचारीको वृत्तिविकास रोकिने भन्दै सच्याउन माग गरिएको छ । खासगरी ११औँ तहमा बढुवा हुनुपर्ने कर्मचारीको विषय नसमेटिएको भन्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले वृत्तिविकास निश्चित गर्न माग गरेका हुन् ।

आइतबार विराटनगरमा अन्तरसंवाद कार्यक्रममा सहभागी दशौँ तहका कर्मचारीले आफूहरूको बढुवा निश्चित हुने गरी ऐन संशोधन गर्नुपर्ने माग गरे ।

हाल कोसी प्रदेशका प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य प्रयोगशालमा ११औँ तहको दरबन्दी कायम छ । तर, ती कार्यालयमा उक्त तहका कर्मचारीको पदपूर्ति गरिएको छै ।

सोही तहको प्रमुख हुने कोसीका आठ कार्यालयको दरबन्दी यसअघि हटाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर बस्नेतले संशोधन गर्न ल्याइएको ऐनमा समेत मौजुदा दशौँ तहको कर्मचारीको वृत्तिविकास के हुने भन्ने उल्लेख नभएको बताए ।

उनले भने, “यही अवस्थामा संशोधन विधेयक पारित भयो भने हामी १०औँ तहबाटै रिटायर्ड हुनुपर्नेछ ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले यसबारे सरकारको ध्यानाकर्षण गराउने बताए ।

प्रदेशसभा बैठकमा छलफलमा रहेको विधेयकमाथि ७२ घण्टे संशोधन अवधि तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro