site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित पाठक पेट्रोलपम्पनजिक सडकछेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२, भन्सार रोडका अन्दाजी २९ वर्षीया कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार बिहान अन्दाजी १ः१० बजे ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा थापाको शरीरमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार धनगढी–२, भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro