site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा बसको ठक्करबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट शनिबार साँझ एक महिलाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि बसेकी उनी बसको ठक्करबाट घाइते भएपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका निम्ति पठाइएको थियो । अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक झापाकै कन्काई नगरपालिका–३ का २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माई नगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई अनुसन्धानका निम्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro