site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार : मन्त्री भट्टराई 
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएकी छन् ।

१७ औं पुस्तकालय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकको विषयलाई व्यवस्थित बनाउन पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइ छलफलको क्रममा रहेको जानकारी दिइन् । 

उनले २०६४ सालमा बनेको पुस्तकालय नीति अहिलेको सन्दर्भमा परिमार्जन गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको बताइन् । राज्य र पुस्तकालयलाई जोड्नका लागि ऐन आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ गएको उनको भनाइ छ । 

मन्त्री भट्टराईले पुस्तकालयको महत्वलाई जीवनको महत्वपूर्ण अंगको रूपमा व्याख्या गरिएकाले पुस्तकालयको दायित्व राज्यले लिने स्पष्ट पारिन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro