site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गौरा पर्वमा नाराबाजी गर्दा पक्राउ परेकाहरू छुटे

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरू छुटेका छन् ।

सुदूरपश्चिममा मनाइने गौरा पर्व भदौ १० मा काठमाडौंको टुँडिखेलमा मनाइएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।

सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेका थिए । नाराजुसुल गर्ने कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए ।  उनीहरू आज छुटेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro