site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु
फाइल तस्बिर ।

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति  नहरको किनारमा चप्पल फेला परेको थियो । आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया–९, धोविनपुर भन्ने ठाउँमा बालिकाको शव फेला परेको बताइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro