site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– आज काठमाडौंमा वर्षा हुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि साधारणतया  बदली रहनेछ । देशका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । 

“काठमाडौंमा आज पनि वर्षाको सम्भावना छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुनेछ,” मौसमविद् पुडासैनी बाह्रखरीसँग भन्छन्, “दिउँसोदेखि काठमाडौंमा वर्षा सुरु हुनेछ ।” 

यसैबीच, बैतडीमा भारी वर्षा भएको छ । पछिल्लो चार घण्टामा बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने स–साना नदीहरूमा जलसतह केही बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागका अनुसार देशभर मनसुनको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट केही दक्षिणतिर रहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro