site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको कान्तिपुर कोलोेनी नजिकै चितुवा आतंक, स्थानीय त्रसित
फाइल तस्बिर

काठमाडौं । ललितपुरको नख्खीपोटस्थित कान्तिपुर कोलोनीको बस्तीमा चितुवाले आतंकित तुल्याएको छ । 

कोलोनी टोल विकास समितिका अध्यक्ष जितेन्द्र भण्डारीका अनुसार, माउ चितुवा र छाउरासहित चारवटा चितुवाले एक महिनादेखि आतंकित पारेको छ । चितुवाको आतंकले कोलोनीभित्र बस्नेहरु त्रसित भएका छन् ।  एक महिनायता हरेक साँझ चितुवा कोलोनीको गेटसम्मै पुग्ने र भित्र प्रवेश गर्न खोज्ने गरेको भण्डारीले जानकारी दिए ।

बाघ कोलोनी बस्ती नजिककै झाडीमा बस्ने गरेको बताइएको छ ।

चितुवाबारे डिभिजन वन कार्यालय ललितपुर र प्रहरीलाई जानकारी गराइसकेका छन् । तर, चितुवा नियन्त्रण वा रोकथामका लागि सरोकारवाला निकायबाट कुनै पहल नभएको भण्डारीको गुनासो छ ।

उनी भन्छन्, ‘‘माउ चितुवासहित चारवटा चितुवा कोलोनी नजिकै आउने गरेको एक महिना भयो । माउ चितुवा भएका कारण साँझ पर्नासाथ मानिसलाई नै झम्टिन्छ कि भन्ने डर छ ।’’

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले वन कार्यालयसँगको समन्यवमा पटक–पकट चितुवा नियन्त्रणमा लिने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए ।

‘‘चितुवा आएको हामीलाई जानकारी छ । हामीले पटक–पटक प्रहरीसमेत पठाएका छौं । तर, नियन्त्रणमा लिन सकेका छैनौं । हामी चितुवा आएको खबर आउनासाथ प्रहरी पठाइनैरहेका छौ,” एसपी सुवेदीले भने ।

पछिल्लो समय उपत्यकाका विभिन्न ठाउँमा चितुवाको आतंक बढेको छ ।  केही समयअघि कीर्तिपुरको एक कुखुरा खोरभित्र तारमा फसेको चितुवा नियन्त्रणमा लिइएको थियो ।  त्यस्तै कुलेश्वरमा समेत चितुवा भेटिएपछि वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

आहारका लागि माउ चितुवा बस्तीतिर आउने गरेको वन विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro