site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक 

विराटनगर । पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहका सल्लाहकार बिसे नगर्चीका विषयमा खोज र अनुसन्धानसहितको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ नामक पुस्तक सार्वजनिक गरिएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पुस्तक लेखेका हुन् ।

यो पुस्तक १५६ पृष्ठको छ । विभिन्न दस्तावेजको अध्ययन, बिसेका सन्तानलगायत व्यक्तिसँग भेटेर अनुसन्धान र इतिहासकारहरूसँग सोधखोज गरी ४९ शीर्षकमा किताब लेखिएको तिम्सिनाले जानकारी गराए ।

उनले यसअघि दर्जन पुस्तक बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro