site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टाटाको दसैँ अफर : गाडी किन्ने ग्राहकलाई होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले दसैँलाई लक्षित अफर योजना सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत टाटाका प्रत्येक कमर्सियल गाडी खरिदमा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एउटा उपहार छान्न सकिने कम्पनीले बताएको छ ।

जसमा होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टीभी र माइक्रो वेभ रहेको कम्पनीले जनाएको छ । ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक र एपल वाच रहेको छ ।

यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, ब्यांकक, मलेसिया, दुबई वा युरोपको विकल्प उपलब्ध रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

यस्तै, गाडी बुकिङ गर्दा ग्राहकले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्नसक्ने कम्पनीले जनाएको छ ।

यो योजना टाटाका ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीको खरिदमा लागु हुने कम्पनीले बताएको छ ।

योजनाबारे विस्तृत जानकारीका लागि नेपाल टेलिकमबाट पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५५७७७ र एनसेलबाट ९८०१५७५७७७ मा फोन गर्न सकिने सिप्रदीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro