site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुम्लामा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जुम्लामा बिहीबार दिउँसो भारी वर्षा भएको छ । जुम्लाको डाँफेलेक र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ । नदीमा जलसतह बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भन्दै विभागले सतर्कता अपनाउन सचेत गराएको छ ।

“भाद्र १३, दिउँसो ३ः३० बजे । पछिल्लो एक घण्टामा जुम्लाको डाँफेलेक वर्षामापन केन्द्रमा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सो क्षेत्र भई बहने तिला नदी, चौदबिसे खोला र अन्य स–साना नदीहरूमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro