site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३६.८३ अंकले घट्यो नेप्से परिसूचक, १२ अर्ब २४ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से परिसूचक २७४९.५७ विन्दुमा बन्द भएको हो ।

कुथेली बुखरीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

आज १२ अर्ब २४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । सुपर माई हाइड्रोपावर र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ ।  सर्वाधिक परिसूचक घट्नेमा लाइफ इन्स्योरेन्स समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro