site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकललाई बचाउन खोज्दा कोहलपुरमा बस दुर्घटना : दुईजनाको मृत्यु, २६ घाइते

काठमाडौं । बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । 

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । "बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन खोज्दा बस पल्टियो भनेको छ । हामी थप बुझ्दैछौँ," डीआईजी कडायतले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro