site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोटोनले २८औँ वार्षिकोत्सव नेपालसहित विश्वव्यापी मनायो

काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औँ वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो ।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो। कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियालगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिए ।

एमएडब्लू वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर १ कमर्शियल भेहिकल निर्माता)ले हाईरुफ ईभी भ्यान, टुनल्यान्ड र टीएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ । फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिनेछ  ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro