site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीका ४१ देखि ६७ लाखका गाडी नाडा अटो शोमा, यस्ता छन् अफर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा बीवाईडीले आफ्नो विभिन्न मोडलहरू प्रदर्शनीमा राखेको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले शोको अवसरमा आफ्ना गाडी खरिदमा विशेष छुट एवं अफर उपलब्ध गराइरहेको छ ।

अटो शोमा बीवाईडी एट्टो ३ को विशेष रूपमा अपग्रेड गरिएको २०२४ संस्करण सबैभन्दा बढी चर्चामा रहेको छ । नाडा अटो शोमा विशेष छुटसहित कम्पनीले गाडीहरू उपलब्ध गराइरहेको छ ।

यो गाडीको ४९.९२ किलोवाटआवरको ब्याट्री, १०० किलोवाटको मोटर, ३१० एनएम टर्क र ३४५ किलोमिटर रेन्ज रहेको एड्भान्स मोडेलको मूल्य ५६ लाख ९० हजार छ । ६०.४८ किलोवाटआवरको ब्याट्री, १०० किलोवाटको मोटर, ३१० एनएम टर्क र ४२० किलोमिटर रेन्ज रहेको सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ ।

४४.९ किलोवाटआवरको ब्याट्री ७० किलोवाटको मोटर र ३४० किलोमिटर रेन्ज रहेको बीवाईडी डल्फिनको मूल्य ४१ लख १५ हजार रुपैयाँ रहेको छ ।

यसबाहेक साइमेक्स इंकले शोमा गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स, २.३ किलोवाट क्षमताको चार्जर र गाडीको ब्याट्रीको उर्जा अन्य प्रायोजनका लागि प्रयोग गर्न मिल्ने भी२एल पनि उपलब्ध गराइरहेको छ ।

यस्तै, बीवाईडीले यसको अर्काे विशेष मोडल सिलायन पनि प्रदर्शनीमा राखेको छ । यो गाडी नेपालमा मूल्यसहित कहिले सार्वजनिक हुन्छ भन्ने जानकारी भने आएको छैन ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro