site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, भदौ ५ गते एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला ८०० रुपैयाँमा बढेर आज कारोबार भएको हो । मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro