site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा 'अटो शो'लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । मंगलबार (आज) देखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोलाई केन्द्रित गरेर योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत बैंकले पाँच वर्षका लागि ८.२५ प्रतिशत र सात वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मदत पुर्‍याउने बैंकले जनाएको छ ।

नबिल बैंकले नाडा अटो शोका क्रममा स्टल नम्बर ई १९ मा छुट्टै सेवा केन्द्र राखेको जनाएको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने समेत बैंकको भनाइ छ ।

यस्तै, चाडपर्वलाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro