site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ममता काफ्लेका श्रीमान्‌ले गुगलमा खोजेका थिए– 'श्रीमती मृत्युको कति समयपछि विवाह गर्न पाइन्छ ?'

काठमाडौं । अमेरिकास्थित भर्जिनियाको ममता काफ्ले बेपत्ता प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । उनका श्रीमान् महेश भट्टले ममता बेपत्ता हुनुभन्दा महिनौँ अगाडि 'श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ' भनेर गुगलमा खोजेको पाइएको हो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा 'श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ' भनेर खोजेको पाइएको जनाइएको छ ।

३७ वर्षीय नरेश सोमबार अदालतमा दोस्रोपटक हाजिर भएका थिए । जहाँ अधिकारीहरूले उनकी श्रीमती २८ वर्षीया ममता बेपत्तासँग जोडिएका थप प्रमाणहरू प्रस्तुत गरेका थिए ।

नरेशले ममताको हत्या गरेर शव गायब पारेको आरोपको सामना गरिरहेका छन् । उनीमाथि विगतमा ममतामाथि दुर्व्यवहार गर्ने गरेको पनि आरोप लागेको छ । गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए ।

अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

उनको प्रतिरक्षामा उत्रिएको पक्षले तीव्र जनआक्रोशका कारण उचित प्रमाणबिनै मुद्दा चलाइएको बताएको थियो ।

वासिङटन पोस्टका अनुसार, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो/होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro