site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री पौडेलले भने– धितोपत्र बोर्डको अध्यक्ष गैरराजनीतिक पात्र खोज्नु जायज हो र ?
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष गैरराजनीतिक तहबाट खोज्नु उपयुक्त नहुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री पौडेलले राजनीतिक आस्थाका आधारमा अध्यक्ष नियुक्त भए पनि कार्यसम्पादनमा दलको आस्थाको आग्रह र पूर्वाग्रह राख्न नहुने बताएका हुन् ।

“हामी दलीय व्यवस्थामा छौँ । दलीय व्यवस्थामा दल यो प्रणालीको सबैभन्दा ठूलो आधार हो,” उनले भने, “दलबिना, दलीय भूमिकाबिना, दलको अस्तित्वबिना अहिलेको व्यवस्थाको परिकल्पना पनि गर्न सक्दैनौँ ।”

निरपेक्ष ढंगले दल इतर पत्रको खोजी गर्नु अहिलेको व्यवस्थाविपरीत हुने उनको भनाइ छ । कार्य सम्पादनमा दलको कुनै पनि आग्रह राख्न नहुने मन्त्री पौडेलको भनाइ छ ।

धितोपत्र बोर्डको अध्यक्ष डिम्याट खातावालाको मतदाताबाट हुनुपर्छ भन्ने कुरा उठेको भन्दै यो ऐन र नियम सम्वत नहुने उनले बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सरकारलाई मनलाग्दी नहुने पनि उनले बताए । नीति र कानुनअनुसार नै हुने उनको भनाइ छ । 

“हाम्रा काम कारबाही कानुनी ढंगबाट हुनुपर्छ । डिम्याट खाता होल्डरबाट धितोपत्र बोर्डको अध्यक्ष छनोट हुनुपर्छ भन्नु ऐन र नियमविपरीत हो, यो कानुन सम्बत छ त ?” उनले भने, “योग्य र सक्षम व्यक्ति नै धितोपत्र बोर्डको अध्यक्ष छनोट हुन्छ । गैरराजनीतिक पात्रको खोजी बोर्डको अध्यक्ष हुनुपर्छ भन्नु हामी अन्यत्रै बरालिन्छौँ कि ।”

धितोपत्र बोर्डको अध्यक्ष इमान्दार र योग्य व्यक्ति नियुक्त हुने उनको भनाइ छ । इन्साइडर ट्रेडिङ र कर्नरिङ हुन नदिन पनि ऐनले विशेष व्यवस्था गरेको उनले बताए । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद स्वर्णिम वाग्लेले नियमक निकायहरूमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न नहुने बताएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro