site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साउनमा चार अर्ब १९ करोडको विद्युत् निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । 

साउनमा दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायामका महिनामा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्था रहेको बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro