site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीको मरिन खोला कुसुमटार क्षेत्रमा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो एक घण्टामा सिन्धुलीको मरिन खोला कुसुमटार र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार अपाह्न ३ देखि ४ बजेसम्म भारी वर्षा मापन भएको हो ।

विभागले मरिन खोलालगायत यसका साना सहायक खोलामा आकस्मिक बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार विशेष गरी वाग्मती प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली विकास भएको छ ।

“तर, मेघगर्जनसहित यस्तो वर्षा गराउने प्रणाली धेरै समय हुँदैन,” उनले भने, “दुई/तीन/चार घण्टासम्म यसको प्रभाव रहन्छ ।”

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro