site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध ट्रामाडोलसहित ललितपुरबाट चारजना पक्राउ 

काठमाडौं । ललितपुर प्रहरीले लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–१, तिमल्सिना चोकमा रहेको चियाचु क्याफेबाट उनीहरूलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा महालक्ष्मीको सानागाउँका २९ वर्षीया सविना महर्जन, सोहीका समीत राजवंशी, अमुल पोखरेल र गोदावरी नगरपालिका–७ का पदम लामा छन् ।

उनीहरूको साथबाट प्रहरीले ७० पत्ता ट्रामाडोल र एक थान खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro