site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकसहित यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
सिन्धुपाल्चोकस्थित मेलम्ची नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोक भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । महाशाखाले यी जिल्लाका केही नदीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।

रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, चितवन, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, अछाम, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1724642390.jpeg

b2-1724642390.jpeg

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro