site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा लेबनानमा तीनजनाको मृत्यु 

काठमाडौं । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी लेबनानमा तीनजनाको मृत्यु भएको छ । लेबनानका स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलको आक्रमणमा परी तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली सेनाले लेबनानमा हिज्बुल्लाहको अखडालाई निसाना बनाई हवाई आक्रमण गरेको छ । लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण गरिँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, तिरी गाउँमा इजरायली आक्रमणमा परी दुईजनाको मृत्यु भएको जनाइएको छ ।

हिज्बुल्लाहले ३०० भन्दा बढी रकेट इजरायलमा प्रहार गरेको दाबी गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro