site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘ड्युटी’मा खटिएका सहायक हवल्दारको निधन
प्रतीकात्मक तस्बिर ।

खाँदबारी (संखुवासभा) । ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका मंगलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ । मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए । मृतकको शव परीक्षण आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ । शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डीएसपी श्रेष्ठले बताए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro