site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रामेछाप पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना घाइते

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । 

पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

११ वर्षीया अञ्जना श्रेष्ठ घाइते छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । 

शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro