site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

राजविराज । हनुमाननगर कंकालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँमा शनिबार दुई मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१५ का ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए ।

भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी  स२प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro