site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आँबुखैरेनी बस दुर्घटना : १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त बसका १२ घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

उनीहरूलाई नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । भारतीय पयर्टक बोकेको बस  शुक्रबार बिहान दुर्घटनामा परेको सूचना पाएलगत्तै मेडिकल टिमसहितको सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा गएको थियो ।

हेलिकोप्टरमा काठमाडौं ल्याइएका घाइतेहरूको काठमाडौंको महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ । “साथै, थप घाइतेलाई उद्धारको लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Marsyandi-Bus-Accident-1724411794.jpgशुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस अन्दाजी बिहान ११ः४० बजे तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

भारतीय पर्यटक बोकेको बस उक्त मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro